आज शुक्रवार, पञ्चाङ्गसहित आजको दिन २०७८ श्रावण २२ गते

आज शुक्रवार, पञ्चाङ्गसहित आजको दिन २०७८ श्रावण २२ गते

-नारायणप्रसाद निरौला, ज्योतिषाचार्य-

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७८ साल श्रावण महिनाको २२ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत अगष्ट महिनाका ६ तारिख, शुक्रवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२२ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२२औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४३, तथा नेपाल संवत् ११४१ अन्तर्गत राक्षस नामको संवत्सर चलिरहेको छ ।

सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत श्रावणकृष्णपक्षाको त्रयोदशी तिथि बेलुका ५।२४ बजेसम्म रहनेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा र बृहस्पति कुम्भ राशिमा रहेका छन् । आद्र्रा नक्षत्र बिहान ६।४१ बजेसम्म रहनेछन् । यसैगरी आज वज्र योग र भद्रा करण रहेका छन् । आज सूर्योदय बिहान ५।२६ मा छ भने सूर्यास्त बेलुका ६।४३ बजे हुनेछ । चन्द्रमा आज मिथुन राशिमा रहेका छन् ।

आज शुक्रवार इन्द्रायणी भगवतीको उपासना शुभ रहनेछ । यसैगरी आज घण्टाकर्णचतुर्दशी पनि परेको छ ।