

-नारायणप्रसाद निरौला, ज्योतिषाचार्य-
मेष राशिः व्यापारमा वृद्धि हुनेछ । मित्र सुखका साथै जलीय वस्तुबाट लाभ रहनेछ । आध्यात्मिक चिन्तनमा प्रवृत्ति बढ्ने देखिन्छ ।
वृष राशिः सृजनात्मक कार्यमा रुचि रहनेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा पनि सफलता प्राप्त हुने देखिन्छ । सुखद् यात्राका योग पनि रहेका छन् ।
मिथुन राशिः मिष्ठान्न लाभ हुनेछ । सामाजिक कार्यम रुचि रहनुका साथै सुखद् यात्राका योग देखिन्छन् । विद्याको क्षेत्र उन्नत नै देखिन्छ ।
कर्कट राशिः ग्रहबल आज कमजोर देखिन्छ । कार्यक्षेत्रमा व्यस्तता बढ्नेछ । निर्णय प्रक्रियामा बुद्धिपक्षको प्रयोग सुखद् रहनेछ । स्वास्थ्यमा सजग रहनु नै उचित हुनेछ ।
सिंह राशिः बौद्धिका कार्यम रुचि जाग्नेछ । मित्र सुखका साथै यात्राका योग पनि देखिन्छन् । प्रेमको पक्ष पारखिलो रहनेछ । वित्तीय पक्ष सुखद् रहने देखिन्छ ।
कन्या राशिः वृत्तिलाभ हुनेछ । कार्य व्यवसयामा उन्नतिका साथै यात्राका योग देखिन्छन् । पारिवारिक सुख मिल्नुका साथै प्रेम पक्ष पनि पारखिलो रहनेछ ।
वृश्चिक राशिः ग्रहबल आज कमजोर देखिन्छ । खर्चमा वृद्धिका साथै शारीरिक कष्टको पनि सामना गर्नुपर्ने देखिन्छ । स्वास्थ्यमा सजग रहनु नै उचित हुने देखिन्छ ।
धनु राशिः गृह सुख मिल्नेछ । वित्तीय लाभका साथै सृजनात्मक कार्यम रुचि रहनेछ । मनमा सकारात्मक ऊर्जा बढ्ने देखिन्छ ।
मकर राशिः व्यवसायमा उन्नति हुनेछ । प्रिय सुख मिल्नुका साथै अध्ययन अध्यापनमा सक्रियता बढ्नेछ । मित्र पक्ष सबल देखिन्छन् ।
कुम्भ राशिः वृत्ति लाभ हुनेछ । कार्यक्षेत्रमा उन्नतिका साथै व्यवसायमा वृद्धि हुनेछ । अध्यया अध्यापनमा पनि सफलता मिल्ने देखिन्छ ।
मीन राशिः दिन कार्यदायी रहनसक्नेछ । स्वास्थ्यमा प्रतिकूलताका साथै खर्चमा पनि वृद्धि हुन सक्ने देखिन्छ । लेनदेनमा सजग रहनु नै उचित हुने आजको राशिफल रहेको छ ।