आज मंगलवार, पञ्चाङ्गसहित आजको दिन २०७८ श्रावण १९ गते

आज मंगलवार, पञ्चाङ्गसहित आजको दिन २०७८ श्रावण १९ गते

-नारायणप्रसाद निरौला, ज्योतिषाचार्य-
श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७८ साल श्रावण महिनाको १९ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत अगष्ट महिनाका ३ तारिख, मंगलवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२२ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२२औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४३, तथा नेपाल संवत् ११४१ अन्तर्गत राक्षस नामको संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत श्रावणकृष्णपक्षाको दशमी तिथि दिवा १२,२० बजेसम्म रहनेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा र बृहस्पति कुम्भ राशिमा रहेका छन् । रोहिणी नक्षत्र राति २।३ बजेसम्म रहनेछन् । यसैगरी आज ध्रुव योग र बब करण रहेका छन् । आज सूर्योदय बिहान ५।२५ मा छ भने सूर्यास्त बेलुका ६।४६ बजे हुनेछ । चन्द्रमा आज वृष राशिमा रहेका छन् ।
आज मंगलवार गणेशजीको उपासनाका साथै राता वस्तुको प्रयोग शुभ रहनेछ ।