आजको राशिफल २०७८ श्रावण १९ गते, मंगलवार

आजको राशिफल २०७८ श्रावण १९ गते, मंगलवार

-नारायणप्रसाद निरौला, ज्योतिषाचार्य-
मेष राशिः मित्र सुख मिल्नेछ । प्राज्ञिक कार्यमा मन जानुकका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । प्रेमा पारख बढ्नेछ ।

वृष राशिः मिष्ठान्न लाभ हुनेछ । कान्ति वृद्धिका साथै कलात्मक क्षेत्रमा अभिरुचि रहने देखिन्छ । धातुजन्य वस्तु पनि लाभदायी रहनेछन् ।

मिथुन राशिः बोलीमा विकार रहनसक्नेछ । कार्य प्रभावकारितामा कमी रहनुका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ । दिन संघर्षमय रहने देखिन्छ ।

कर्कट राशिः भौतिक वस्तुबाट लाभ रहनेछ । कार्य व्यवसायमा सफलता मिल्नुका साथै आर्थिक उन्नति हुने देखिन्छ । भाग्यको क्षेत्र पनि सबल रहनेछ ।

सिंह राशिः पराक्रम बढ्नेछ । आर्थिक उन्नतिका साथै नयाँ कार्य व्यवसायमा मन प्रवृत्त हुने देखिन्छ । बौद्धिक कार्यमा पनि सफलता मिल्नेछ ।

कन्या राशिः खेल क्षेत्रमा रुचि रहनेछ । गृह सुख मिल्नुका साथै आय आर्जनका अवसर पनि प्राप्त हुनेछन् । व्यवसाय पनि फलदायी नै रहने देखिन्छ ।

तुला राशिः आर्थिक पक्ष मध्यम फलदायी रहनेछ । शत्रुपक्ष सबल रहने भएकाले कार्यक्षेत्रमा पनि संघर्ष गर्नुपर्ने देखिन्छ । स्वास्थ्यमा सजग रहनु नै उचित हुनेछ ।

वृश्चिक राशिः प्रिय लाभ हुनेछ । कान्ति वृद्धिका साथै अध्ययन अध्यापनमा मन जनेछ । व्यापार व्यववसायमा पनि वृद्धि हुने देखिन्छ ।

धनु राशिः कार्यमा सफलता मिल्नेछ । आर्थिक उन्नतिका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । भौतिक वस्तुबाट लाभ रहनेछ ।

मकर राशिः प्रेम जीवन सुखद् रहनेछ । आय आर्जमा वृद्धि हुनुका साथै लगानीका नयाँ अवसर प्राप्त हुनेछन् । विद्याको भाव पनि सबल नै रहनेछ ।

कुम्भ राशिः कार्यक्षेत्र संघर्षदायी रहनेछ । खर्चमा वृद्धि हुनुका साथै आर्थिक अस्थिरताको सामना गर्नुपर्ने देखिन्छ । बुद्धिपक्षको प्रयोग आज शुभ रहनेछ ।

मीन राशिः सामाजिक कार्यमा रुचि जाग्नेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा पनि सफलता मिल्नेछ । सांगीतिक क्षेत्र सबल रहने देखिन्छ ।