

काठमाडौं, १८ साउन ।अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले आफ्नो पदबाट राजिनामा दिनुभएको छ ।
उहाले सोमबार अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजिनामा बुझाउनुभएको हो । राजिनामा दिएपछि पत्रकार सम्मेलन गर्दै राईले फुटबलमा देखिएका पछिल्ला गतिविधिहरु दुवै तर्फबाट बन्द गर्न आग्रह गर्नुभयो ।अहिले नेतृत्वको टकराबका कारण फुटबलको हित नहुँने भन्दै राईले अहिले एकले अर्कालाई हिलो छ्याप्ने काम बन्द गर्न आग्रह गर्नुभयो । उहाले कुनै व्यक्तिबिशेषका कारण नभई फुटबलको बिकासका लागि वातावरण बनाउनका लागि राजिनामा दिएको पनि बताउनुभयो ।
राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीको राजीनामा प्रकरणमा असन्तुष्ट रहनुभएका राईले प्रवक्ताको जिम्मेवारीबाट हट्ने निर्णय गर्नुभएको हो ।