आजको राशिफल २०७८ श्रावण १८ गते, सोमवार

आजको राशिफल २०७८ श्रावण १८ गते, सोमवार

-नारायणप्रसाद निरौला, ज्योतिषाचार्य-

मेष राशिः वाक् कलामा वृद्धि हुनेछ । वित्तीय लाभका साथै कार्य व्यवसायमा पनि सफलता मिल्ने देखिन्छ । मित्र पक्ष सबल रहनेछन् ।

वृष राशिः मिष्ठान्न लाभ हुनेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । प्रेम जीवन आज सुखद् रहनेछ ।

मिथुन राशिः दिन कार्यदायी रहनेछ । आर्थिक अस्थिरतका साथै प्रतिकूल स्वास्थ्यको समेत सामना गर्नुपर्ने देखिन्छ । विद्याको क्षेत्र मध्यम रहनेछ ।

कर्कट राशिः व्यवसायमा सफलता मिल्नेछ । भौतिक वस्तुबाट लाभ रहनुका साथै कला साहित्यका क्षेत्रमा विशेष लगाव रहने देखिन्छ ।

सिंह राशिः प्रिय सुख मिल्नेछ । बोलीमा ओज रहनुका साथै कार्य क्षेत्रमा पनि उन्नति हुने योग देखिन्छ । विद्याको क्षेत्र पनि आज सबल नै रहनेछ ।

कन्या राशिः आयमा वृद्धि हुनेछ । कार्य क्षेत्रमा प्रभावकारिता रहनुका साथै जलीय वस्तु लाभदायी रहनेछन् । प्रेम जीवन सुखद् रहने देखिन्छ ।

तुला राशिः चन्द्रमा आज प्रतिकूल रहनेछन् । स्वास्थ्यमा अस्थिरताका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ । विद्याको क्षेत्र मध्यम फलदायी रहनेछ ।

वृश्चिक राशिः धार्मिककार्यमा रुचि जाग्नेछ । मित्र सुख मिल्नुका साथै सुखद् यात्राकायोग पनि देखिन्छन् । आर्थिक पक्ष पनि सबबल नै रहनेछ ।

धनु राशिः द्रव्य लाभ हुनेछ । नयाँँ कार्यमा मन प्रवृत्त रहुका साथै दिन सुखद् रूपमा व्यतीत हुने देखिन्छ । खेलको क्षेत्र पनि सफल नै रहनेछ ।

मकर राशिः विद्याको क्षेत्र सबल रहनेछ । धातुजन्य वस्तु लाभदायी रहनुका साथै मनोरञ्जनमा विशेष रुचि रहने देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ ।

कुम्भ राशिः शत्रुपक्ष सबल रहनक्नेछन् । व्यवसायमा संघर्षका साथै दिन कार्यदायी रहने देखिन्छ । विद्या एवं प्रेमका क्षेत्र आज मध्यम फलदायी रहनेछन् ।

मीन राशिः व्यवसायमा वृद्धि हुनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नुका साथै प्राज्ञिक कार्यमा संलग्न रहने आजको राशिफल रहेको छ ।