न्यायलयमा न्यायाधीशको नियुक्तिदेखि नै भ्रष्टाचार हुने अध्ययन समितिको निष्कर्ष

न्यायलयमा न्यायाधीशको नियुक्तिदेखि नै भ्रष्टाचार हुने अध्ययन समितिको निष्कर्ष

काठमाडौँ। न्यायलयमा न्यायाधीशको नियुक्ति प्रक्रियाका कारण भ्रष्टाचार बढेको निष्कर्ष सर्वोच्च अदालतको एक अध्ययन समितिले निष्कर्ष निकालेको छ ।

१ वर्षअघि सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वमा गठित अध्ययन समितिले तयार पारेको प्रतिवेदनमा न्यायाधीश नियुक्तिदेखि नै समस्या रहेको र न्यायिक नेतृत्वले चाहेमा सुधार गर्न सक्ने विषय उल्लेख गरेको हो । अध्ययन समितिका सदस्यसमेत रहेका नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायलयमा भएका त्रुटि सच्याउनका लागि प्रतिवेदनमा सुझाव दिइएको बताउनुभयो । न्यायाधीशहरूको रोहबरमा प्रधानन्यायाधीशलाई हिजो प्रतिवेदन बुझाइएको छ ।  ट्रान्सपरेन्सी इन्टरनेश्नलका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले प्रतिवेदनको कार्यान्वयन हुन सके मात्र न्यायलयमा भएका विकृतिको अन्त्य हुने बताउनुभयो ।

प्रतिबेदनले न्यायाधीश नियुक्ति प्रक्रियालाई विसंगतिको प्रमुख कारकको रूपमा औँल्याएको स्रोतले बताएको छ । प्रतिवेदनमा न्यायाधीशको सरुवा र काज, न्यायाधीशमाथिको कारबाहीमा असमानता, विचौलियाका कारण भ्रष्टाचार बढेको औँल्याएको पाइएको छ ।