

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।नेता नेपाललाई भेट्न प्रचण्ड कोटेश्वर पुगेका थिए ।
त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच कुराकानी भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रालय बाँडफाँटको बारेमा छलफल गरेलगत्तै प्रचण्ड नेपाल निवास पुगेका हुन् ।सत्तारुढ गठबन्धनले एमालेको नेपाल समूहलाई पनि सरकारमा सहभागी हुन आग्रह गरिरहेको छ । तर नेता नेपालले भने पार्टी एकताको प्रक्रिया चलिरहेकाले सरकारमा सहभागी हुनेबारे प्रष्ट कुरा राखेका छैनन् ।