सांसद पदमा पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट दायर

सांसद पदमा पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि सांसद पद गुमाएका चार पूर्वमन्त्रीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफुहरुले दल त्याग नगरेको दाबी गर्दै निर्वाचन आयोगले दिएको विवरणमा आफुहरु माओवादी केन्द्रको सदस्य उल्लेख गरेर पुनर्बहालीको माग गर्दै रिट दायर गरेका हुन् । सर्वोच्च अदालतले रिटमाथिको सुनुवाइको पेशी विहीबारका लागि तोकेको छ ।

माओवादी छाडेका चारैजना प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनीहरूको पद रिक्त भएको सूचना संसद बैठकमा सुनाइएको थियो ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पठाएको पत्रको आधारमा गत चैत्र २६ गते चारै जनाको संसद पद गुमेको थियो ।