अमिक शेरचन र तिलक परियारलाई प्रदेश प्रमुख बनाउन माओवादी केन्द्रको सिफारिस

अमिक शेरचन र तिलक परियारलाई प्रदेश प्रमुख बनाउन माओवादी केन्द्रको सिफारिस

काठमाडौँ, १२ साउन।माओवादी केन्द्रले प्रदेश प्रमुखमा नेता अमिक शेरचन र तिलक परियारलाई नियुक्त गर्न सिफारिस गरेको छ ।

पार्टी कार्यालय पेरिसडाडामा मंगलबार बसेको माओवादी स्थायी कमिटी बैठकले आफ्ना भागमा परेका दुईवटा प्रदेश प्रमुखमध्ये गण्डकीमा अमिक शेरचन र अर्काे प्रदेशमा तिलक परियारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । प्रदेश प्रमुखहरूको भागबण्डामा सातमध्ये माओवादी केन्द्रलाई दुईवटा परेको छ । शेरचन र परियार दुवै जनालाई केपी ओली सरकारले हटाएर गण्डकीमा सीता पौडेल र प्रदेश २ मा राजेश अहिराजलाई नियुक्त गरेको थियो । बैठकपछि माओवादी नेता देवेन्द्र पौडेलले ओली सरकारले फेरबदल गरेका प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको जानकारी दिनुभयो ।

माओवादीले दिएको सुझाव अनुसार मन्त्रिपरिषद्ले प्रदेश प्रमुख हेरफेर गर्ने पौडेलले बताउनुभयो ।