निर्वाचन आयोगले आफ्नो पार्टी फुटाउन खोजेको राजेन्द्र महतोको आरोप

निर्वाचन आयोगले आफ्नो पार्टी फुटाउन खोजेको राजेन्द्र महतोको आरोप

काठमाडौं । जनता समाजदावी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले निर्वाचन आयोगले पार्टी फुटाउन खोजेको आरोप लगाएका छन् ।

जसपामा देखिएको विवादबारे निर्वाचन आयोगले हेडकाउन्ट गर्न सबैलाई सोमबार अनिवार्य उपस्थित हुन भनेपछि निर्वाचन आयोग पुगेका महतोले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।उनले भने, ‘हामिले पार्टी फुटाउन लडाई गरेका थिएनौँ, निर्वाचन आयोगले पार्टी फुटाउँदैमा पार्टी फुट्दैन के ।’ महताले पार्टी जनताबाट निर्माण हुने भन्दै अब आयोगको फैसलापछि आफुहरुको निर्णय हुने बताए ।

उनले भने, ‘हामिले पार्टी फुटाउन लडाई गरेका थिएनौँ, निर्वाचन आयोगले पार्टी फुटाउँदैमा पार्टी फुट्दैन के ।’ महताले पार्टी जनताबाट निर्माण हुने भन्दै अब आयोगको फैसलापछि आफुहरुको निर्णय हुने बताए ।पार्टी एकता गरेको एक वर्षमा नै फुटको अवस्था आउनु दुःखद् भएको महतोले बताए ‘यो प्रयोजनका लागि उपेन्द्रजीको पार्टी बचाइदिएको थिएन । शोषण उत्पीडनमा परेका जनतालाई अधिकार दिन पार्टी एकता गरेका थियौं’, महतोले भने ।

उपेन्द्र यादवको पार्टी संकटमा पर्दा आफूहरुले सहयोग गरेको, तर अहिले प्राविधिक कारण देखाएर पार्टी फुटाउन खोजेको उनको आरोप छ ।