नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा शपथ ग्रहण

नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा शपथ ग्रहण

काठमाडौँ, १० साउन।प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रीपरिषद् बिस्तार गर्नुभएको छ । 

प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नियुक्त गर्नुभएको हो । राज्यमन्त्री श्रेष्ठले आइतबार सिंहदरबारमा शपथ लिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री देउवाले राज्यमन्त्री श्रेष्ठलाई शपथ गराउनुभएको हो । सपथपछि आइतबार नै राज्यमन्त्री श्रेष्ठले मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको थियो । पदभारपछि मन्त्री श्रेष्ठले कोरोनाबाट जनताको ज्यान जोगाउन हरसम्भव प्रयास गर्ने बताउनुभयो । अव स्वास्थ्य सामाग्रीको अभावका कारण कोहि संक्रमितले पनि ज्यान गुमाउनु नपर्ने उहाले बताउनुभयो ।

उहाले कोरोना नियन्त्रणका लागि प्रधानमन्त्रीले दिनुभएको निर्देशनलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्ने धारणा राख्नुभयो ।