श्री राधामाधव समिति नेपालद्वारा गुरुपूर्णिमा महोत्सव मनाईयो

श्री राधामाधव समिति नेपालद्वारा गुरुपूर्णिमा महोत्सव मनाईयो

काठमाडौं । यस युगका पन्चम जगद्गुरुश्री कृपालुजी महाराजको असीम अनुकम्पाबाट आदरणीय स्वामी श्री हरिदासजीको सक्रियतामा संस्थापित श्री राधा माधव समिति नेपालद्वारा गुरु पूर्णिमा महोत्सव विविध कार्यक्रमको आयोजना गरि मनाईयो । यसै क्रममा गुरु पूर्णिमाको पूर्व सन्ध्यामा राधा माधव समिति र यस सम्वध्द विद्वत समाज नेपाल तथा डिभाईन युथ क्लव नेपालको संयुक्त सहभागितामा पशुपति वनकाली परिसरमा स्थापित कृपालु उद्यानको सरसफाई गरियो ।

यसै अवसरमा श्री राधा माधव समिति नेपालद्वारा मध्यपूर ठिमी नगरपालिका स्थित मानव सेवा आश्रमलाई दैनिक उपयोगका सामाग्रि हस्तान्तर गरियो । यसैवीच हेटौंडा जुरेथुम पर्यटक क्षेत्रको प्रमुख स्थल भगवान श्री कृष्णको विग्रह स्थलको प्रांगणमा डिभाईन युथ क्लव नेपाल हेटौंडा तथा जुरेथुम पर्यटक क्षेत्र तथा पिकनिकस्थल समितिको आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न गरियो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ का अध्यक्ष भैरव वहादुर राईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा जुरेथुम पर्यटकीय क्षेत्र तथा पिकनिक स्थल समितिका अध्यक्ष शंकर राउत ,चुरेकाली लेक सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष सीताराम न्यौपाने लगायत स्थानीय विशिष्ट महानुभाव ,जनसाधारण तथा डिभाईन युथ क्लव नेपाल हेटौंडाका सदस्यहरुको सहभागिता थियो ।