सोनी लगुनको सुनको चुरा सार्वजनिक

सोनी लगुनको सुनको चुरा सार्वजनिक

काठमाडौं । नारी पर्व तिज नजिकिँदै जाँदा गायक, गायिकाहरु आफ्नो मनको पीडा गीतमार्फत पोख्ने गरिरहेका छन् । मायाप्रेमको कुराहरु पनि तिज गीतमार्फत पोखिरहेका छन् ।तिजकै मेसो पारेर गायक बिर्ख बिश्वकर्मा, गायिका सरश्वती उप्रेतीको मिठो स्वर समेटिएको ‘सुनको चुरा’ बोलको तीज गीत सार्वजनिक भएको छ ।

 

डम्बर बिश्वकर्माको शब्द, सम्झना बिसिको लय रहेको गीतको भिडियो अशोक सुनारले निर्देशन गरेका हुन् भने सुनिता गजमेरको कोरियोग्राफी रहेको छ । भिडियोमा शीतल केसी, राज गजमेर, अञ्जली अधिकारी, सोनी लगुन आदिको अभिनय रहेको छ । आक्स क्रियशन मिडिया एण्ड मुभिज प्रालिको प्रस्तुती रहेको तीज गीत ‘सुनको चुरा’ ओएसआर डिजिटल प्रालिको युट्युव मार्फत सार्वजनिक भएको हो ।