गुल्मी पल्लिकोट स्वास्थ्य चौकीका अहेभ पोख्रेल काठमाडौमा सम्मानित 

गुल्मी पल्लिकोट स्वास्थ्य चौकीका अहेभ पोख्रेल काठमाडौमा सम्मानित 

राज भण्डारी/गुल्मी, ६ चैत्र । गुल्मी जिल्लाकाे छत्रकोट गाउपालिका वार्ड नं २ पल्लिकोट अवस्थित पल्लिकोट स्वास्थ चौकीका अहेभ श्यामसुन्दर पोख्रेल काठमाडौमा नगद एक लाख सहित सम्मानित हुनुभएको छ ।

9 Rural health care workers confrerence मा नेपालकै स्वास्थ्यकर्मीहरु मध्य उत्कृष्ट कार्य गरे बापत nick simon award 2017 ले उहाँलाइ सम्मान गरिएकाे हाे । केही बर्ष पहिले अहेभ पोख्रेल पल्लिकोट स्वास्थ्य चौकीमा पुग्दाको समय अर्कै थियो । पल्लिकोटका धेरै मानिसहरु स्वास्थ्य चौकी हेल्थपोस्टमा गएर पनि कहाँ निको हुन्छ र भन्दै बाहिर जाने चलन थियो अहेभ पोख्रेल स्वास्थ चौकीमा नियुक्त भएर त्यहाँ पुगेपछि स्वास्थ्य चौकीको मुहार नै फेरियो । राम्रो चेक जाँच र सल्लाह सुझावसंगै औषधि दिने र राम्रो व्यबहार गरेकै कारण अहिले पल्लिकोटबासी मात्र नभएर सबैको रोजाइमा हुनुहुन्छ पोख्रेल ।