काठमाडौं, ६ चैत । प्रतिनिधि सभाकाे प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको प्रमुख सचेतकमा बालकृष्ण खाँणलाई नियुक्त गरिएको छ।
कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले खाँणलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्। खाँण समानुपातिकबाट सांसद बनेका हुन्। प्रतिनिधिसभामा कांग्रेसका ६३ जना सांसद छन्।