नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौँ ।नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ ।

बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा सुरु हुने बैठकमा विशेषतः यही साउन २५ देखि २७ सम्म हुने विधान महाधिवेशनको तयारीका बारेमा छलफल हुने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार आजको बैठकमा हिजो प्रतिनिधि सभामा प्रधानमन्त्री शेरबहादुर देउवाले लिएको विश्वासको मत र आफ्नो पार्टीको भूमिकाका बारेमा पनि समीक्षा हुनेछ ।

बैठकमा पार्टीको निर्देशनको उल्लङ्घन गर्ने नेताहरूलाई अनुशासनको पालना नगरेको भन्दै स्पष्टिकरण सोध्ने बारेमा पनि छलफल हुने सचिव तामाङले बताउनुभयो । प्रतिनिधि सभाको हिजोको बैठकमा एमालेका २२ सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए ।