

-नारायणप्रसाद निरौला, ज्योतिषाचार्य-
श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७८ साल श्रावण महिनाको ३ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत जुलाइ महिनाका १८ तारिख, आइतवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२२ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२२औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४३, तथा नेपाल संवत् ११४१ अन्तर्गत राक्षस नामको संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत आषाढ शुक्लपक्षको नवमी तिथि राति ९।४४ बजेसम्म रहनेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा र बृहस्पति कुम्भ राशिमा रहेका छन् । स्वाती नक्षत्र राति १०।२३ बजेसम्म रहनेछन् । यसैगरी आज साध्य योग र बालव करण रहेका छन् । आज सूर्योदय बिहान ५।२० मा छ भने सूर्यास्त बेलुका ६।५९ बजे हुनेछ । चन्द्रमा आज तुला राशिमा रहेका छन् ।
आज आइतवार सूर्य नारायण भगवान्को उपासनका साथै रता वस्तुको प्रयोग आज शुभ रहनेछ ।