पोर्चुगल वर्ष खेलाडीमा रोनाल्डोको ह्याट्रिक

पोर्चुगल वर्ष खेलाडीमा रोनाल्डोको ह्याट्रिक

एजेन्सी । फुटबल क्षेत्रमा धेरैका राेजाइ अर्थात् रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले ‘२०१७ पोर्चुगल वर्ष खेलाडी’ को उपाधि जितेका छन्। ३३ वर्षे पोर्चुगेली फरवार्ड रोनाल्डोको यो लगातार तेस्रो उपाधि हो।

‘क्विनास डी ओरो’ नामक यो उपाधि तीन वर्ष अगाडी सुरु भएयता तीनै पटक रोनाल्डोले जितेका हुन् । उनले यसपटक म्यानचेस्टर सिटीका बर्नाडो सिल्भा र स्पोर्टिंङका रुई प्याट्रिसियोलाई पछि पार्दै यो उपलब्धि हात पारेका हुन्। प्याट्रिसियोले कुल मतको १८ प्रतिशत प्राप्त गरेका थिए भने सिल्भाले १७ पाउँदा रोनाल्डोले ६५ प्रतिशत मत पाएका हुन् । प्रशिक्षक, समर्थक र खेलाडीहरुको मतका आधारमा वर्ष खेलाडी चयन गरिन्छ।

पोर्चुगलको राजधानी लिस्बोनमा सम्पन्न समारोहमा यस अवार्ड पाएपछि रोनाल्डोले भने , “यो मेरो मात्र नभएर मेरा सारा सहकर्मीको सफलता हो । २०१७ अविस्मरणीय रह्यो । म यस उपलब्धि मेरा ४ बच्चाहरुलाई समर्पित गर्दछु। ” “तीन महिनामा तीन बच्चाहरु, यो पनि आफैंमा किर्तिमान हो, ” रोनाल्डोले ठट्टा गरे ।