जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा पठाउने माओवादीको निर्णय

जनार्दन शर्मा र पम्फा भुसाललाई  सरकारमा पठाउने माओवादीको निर्णय

काठमाडौँ, २९ असार।नेकपा माओवादी केन्द्रले नेताहरु जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा पठाउने निर्णय गरेको छ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्रेस सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेपछि माओवादीका तर्फबाट दुई मन्त्रीको टुंगो लागेको हो ।