आजको राशिफल २०७८ आषाढ २५ गते, शुक्रवार

आजको राशिफल २०७८ आषाढ २५ गते, शुक्रवार

नारायणप्रसाद निरौला, ज्योतिषाचार्य

मेष राशिः पारिवारिक सुख मिल्नेछ । व्यवसायमा वृद्धि हुनुका साथै आकस्मिक लाभका योग देखिन्छन् । जलीय पदार्थ विशेष लाभदायी रहनेछन् ।

वृष राशिः पराक्रम बढ्नेछ । व्यवसायमा वृद्धिका साथै अध्ययन अध्यापनमा पनि सफलता मिल्ने देखिन्छ । कर्मक्षेत्र सबल रहनेछ ।

मिथुन राशिः शारीरिक आलश्यता रहनेछ । चन्द्रमाको प्रतिकूलताले गर्दा खर्च बढाउनुका साथै कार्य क्षेत्रमा पनि संघर्ष गर्नुपर्ने देखिन्छ ।

कर्कट राशिः व्यवसायमा वृद्धि हुनेछ । कार्य लाभका साथै सुखद् यात्राका योग देखिन्छन् । जलीय पदार्थबाट लाभ रहनुका साथै अध्ययन अध्यापनमा पनि सफलता मिल्नेछ ।

सिंह राशिः प्रिय लाभ हुनेछ । जलीय पदार्थ लाभदायी रहनुका साथै अध्ययन अध्यापनमा पनि सफलता मिल्नेछ ।

कन्या राशिः बौद्धिक कार्यमा मन जानेछ । आर्थिक पक्ष सबल रहनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । पारिवारिक सुख मिल्नेछ ।

तुला राशिः शत्रु पक्ष सबल रहनेछन् । आर्थिक अस्थिरताका साथै कार्यक्षेत्रमा पनि संघर्ष गर्नुपर्ने देखिन्छन् । विद्याको क्षेत्र मध्यम रहने देखिन्छ ।

वृश्चिक राशिः प्राज्ञिक कार्यमा संलग्नता रहनेछ । धार्मिक क्षेत्रमा रुचि जाग्नुकासाथै सुखद् यात्राका योग पनि देखिन्छन् । भौतक वस्तु लाभदायी रहनेछ ।

धनु राशिः व्यवसायिक सफलता मिल्नेछ, आय आर्जमा वृद्धि हुनुका साथै कार्य लाभका योग देखिन्छन् । सवास्थ्यको क्षेत्र मध्यम फलदायी रहनेछ ।

मकर राशिः शत्रु पक्ष सबल रहनेछन् । आर्थिक अस्थिरताका साथै कार्यक्षेत्रमा पनि संघर्ष गर्नुपर्ने देखिन्छन् । विद्याको क्षेत्र मध्यम रहने देखिन्छ ।

कुम्भ राशिः आयमा वृद्धि हुनेछ । धातुजन्य वस्तु लाभदायी रहनुका साथै राजनीतिक क्षेत्र पनि सफल रहनेछ । प्रेम जीवन पनि सुखद् रहने आजको राशिफल रहेको छ ।

मीन राशिः सांगीतिक क्षेत्रमा रुचि रहनेछ । आय आर्जनमा वृद्धि हुनुका साथै व्यवसाय पनि सफल रहने देखिन्छ ।