

नारायणप्रसाद निरौला, ज्योतिषाचार्य
श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७८ साल आषाढ महिनाको २४ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत जुलाइ महिनाका ८ तारिख, बिहीवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२२ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२२औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४३, तथा नेपाल संवत् ११४१ अन्तर्गत राक्षस नामको संवत्सर चलिरहेको छ ।
सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत आषाढ कृष्णपक्षको चतुर्दशी तिथि राति ४।३७ बजेसम्म रहनेछ । यो महिनाका देवता वामन र मासदेवी कमला हुन् । सूर्य मिथुन राशिमा र बृहस्पति कुम्भ राशिमा रहेका छन् । मृगशिरा नक्षत्र राति ९।१६ बजेसम्म रहनेछन् । यसैगरी आज वृद्धि योग र भद्रा करण रहेका छन् । आज सूर्योदय बिहान ५।१६ मा छ भने सूर्यास्त बेलुका ७।१ बजे हुनेछ । चन्द्रमा आज वृष राशिमा रहनेछन् ।
आज बिहीवार दुर्गा भगवतीको उपासनका साथै पहेला वस्तुको प्रयोग शुभ रहनेछ ।