एमाले विवाद मिलाउन गठित कार्यदलको बैठक सकारात्मक, बिहीबार नै टुङ्गोमा पुग्ने दावी

एमाले विवाद मिलाउन गठित कार्यदलको बैठक सकारात्मक, बिहीबार नै टुङ्गोमा पुग्ने दावी

काठमाडौँ, २३ असार।नेकपा एमालेभित्र देखिएको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सकारात्मक रुपले अघि बढेको छ ।

सिंहदरबारमा बुधबार बसेको कार्यदल बैठकमा विवाद समाधानका लागि विभिन्न बिकल्पमाथि छलफल भएको र बिहीबार टुङ्गोमा पुग्नेगरि तयारी गर्ने नेताहरुले जनाएका छन् । बैठक सकारात्मक दिशातर्फ अघि बढेको र पार्टी विवाद समाधान हुने विश्वास नेताहरुले गरेका छन् । बैठकपछि एमाले नेता सुवास नेम्वाङले विवाद समाधानका लागि बिहीबार बिहानसम्म दुई पक्षबीच नै छलफल हुने र बिहीबार बस्ने बैठकमा सहमतिको ठोस कार्ययोजना बनाउन प्रयास गर्ने जानकारी दिनुभयो । सहमतिको वातावरण बनेको र छलफल परिणाम नजिक पुगेको भए पनि बिहीबार मात्रै टुङ्गाे उहाले बताउनुभयो ।

त्यस्तै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले विवाद समाधानको प्रयासस्वरुप अघि बढिरहेको जानकारी गराउनुभयो । उहाले बिहीबार नै टुङ्गोमा पुग्ने दावी गर्नुभयो ।त्यस्तै एमाले नेता गोकर्ण बिष्टले विवादित विषयको सहमति नजिक पुगेको बताउनुभयो । अदालतको फैसला मुताविक २०७५ जेठ २ गतेको अवस्थामा फर्किसकेपछि पार्टी र जनसंगठन त्यही अवस्थामा पु¥याउने सहमति भएको उहाको भनाई छ ।

एमालेभित्रको विवाद मिलाउन पछिल्लो केही दिनदेखि दुवै पक्षका नेतासम्मीलित कार्यदल निरन्तर छलफलमा छन् । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि निष्कृय रहेको कार्यदल असार २१ गते पुनः सक्रिय भएको थियो ।