आज योगिनी एकादशीव्रत, महिमासहित हेर्नुहोस् २०७८ आषाढ २१ गते

आज योगिनी एकादशीव्रत, महिमासहित हेर्नुहोस् २०७८ आषाढ २१ गते

नारायणप्रसाद निरौला, ज्योतिषाचार्य

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७८ साल आषाढ महिनाको २१ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत जुलाइ महिनाका ४ तारिख, सोमवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२२ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२२औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४३, तथा नेपाल संवत् ११४१ अन्तर्गत राक्षस नामको संवत्सर चलिरहेको छ ।
सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत आषाढ कृष्णपक्षको एकादशी तिथि राति १०।५८ बजेसम्म रहनेछ । यो महिनाका देवता वामन र मासदेवी कमला हुन् । सूर्य मिथुन राशिमा र बृहस्पति कुम्भ राशिमा रहेका छन् । भरणी नक्षत्र दिवा १।४० बजेसम्म रहनेछन् । यसैगरी आज धृति योग र बब करण रहेका छन् । आज सूर्योदय बिहान ५।१५ मा छ भने सूर्यास्त बेलुका ७।२ बजे हुनेछ । चन्द्रमा आज मेष राशिमा रहनेछन् ।

आज योगिनीएकादशीव्रत परेको छ । आषाढ कृष्णपक्षको एकादशी तिथीलाई योगिनी भनिन्छ । सारा पापलाई नष्टगरी यो लोकमा भुक्तिका साथै परलोमा पनि मुक्ति प्रदान गर्ने एकादशीको नाम योगिनी हो । संसाररूपी दुःखबाट पार लगाई महापाप पनि नष्टगर्ने एकादशीको महिमा युधिष्ठिरलाई भगवान् श्रीकृष्णले बताउनुभएको यसरी बताउनुभएको छ ः

सर्वपापक्षयकर भुक्तिमुक्तिप्रदायकम् ।
आषाढस्याऽसितेपक्षे योगिनी नाम नामतः ।।३।।
एकादशी नृपश्रेष्ठ महापातकनाशिनी ।
यो एकादशीको प्रभाव स्वर्ग मत्र्य र पाताल तिनै लोकमा प्रसिद्ध रहेको छ । जसको प्रभावले सम्पूर्ण पाप नष्ट भई पुण्यको उदय हुने गर्दछ ।
व्रत कथा
अलकाधिपतिर्नाम्ना कुवेरः शिवपूजकः ।
तस्याऽऽसीत् पुष्पबटुके हेममालीति नामतः ।।६।।
स्वर्गको अलकापुरीमा राजा कुवेर शिवजीको नित्य आराधना गर्ने गर्दथे । हेम नामको एक माली पूजनको लागि फूल ल्याउने गर्दथे । हेमकी विशालाक्षी नामकी सुन्दर पत्नी थिइन् । पत्नीको सुन्दरताले हेममाली प्रायः कावासनामा नै लिप्त हुने गर्दथ्यो । एक दिन त फूल ल्याउनै विर्सिएर पत्नीसँग हास्यविनोदमा समय वित्यो ।

उता राजा फूल मालीले फूल ल्याउने बाटो हेरिरहे । मध्याह्न वित्नलाग्दा पनि पूmल आइपपुगेन । पूजासमय सकिनै लाग्दा पनि माली फूल लिई नआएपछि राजा कुबेरले सेवकहरूलाई आज्ञा दिए कि तिमीहरू गएर माली न आउनाको कारण पत्ता लगाऊ, किनकी ऊ अहिलेसम्म पुष्प लिएर किन आएछन भनी पठाए । अन्य सेवक मालीलाई खामेज्न जाँदा घरमा पत्नीसँग हास्य विनोदमा हेममाली लिप्त रहेको थाह पाएर र राजालाई साही समाचार सुनाए । यस्तो खबर सुनेर कुवेर क्रोधित भई भन्न लागे – ‘अरे पापी कामान्ध π तैले मेरो परम पूजनीय ईश्वरहरूका ईश्वर श्री शिवजीकोे अनादर गरेको छस् । यसैले म तँलाई श्राप दिन्छु कि तँ स्त्रीको वियोगका साथै कोढी रोगले ग्रसित भई मत्र्यलोकको वास गर्नुपरोस् ।

कुबेरको श्रापले हेम मालीको स्वर्गबाट पृथ्वीमा पतन भयो । भूतलमा आउने बित्तिकै उसको शरीरमा सेतो कोढ उत्पन्न भयो । उसकी स्त्री पनि उसै समय अंतध्र्यान भई । मृत्युलोकमा आएर मालीले अनेक दुःख भोग गर्न लागे । कष्टकर जंगलमा गएर बिना अन्न र जल समय व्यतीत गर्नुपर्ने बाध्यता आइलाग्यो । रात्रिमा निद्रा पनि लाग्दैनथ्यो, परंतु शिवजीको पूजाका प्रभावले उसलाई पहिलो जन्मको स्मृतिको ज्ञान अवश्य थियो । घुम्दा घुम्दै एक दिन ती माली मार्कण्डेय ऋषिका आश्रममा पुगे । मार्कण्डेय ऋषि ब्रह्मा भन्दा पनि अधिक वृद्ध थिए । उनको आश्रम ब्रह्माकै सभा झैं लाग्दथ्यो । सोही सभामा गई हेम माली ऋषिका पाउमा शरण परे ।

ती मालीलाई देखेर मार्कण्डेय ऋषिले भने तिमीले यस्तो कुन पाप गरेका छौ, जसका प्रभावले तिम्रो यो हालत भयो । हेम मालीले सारा वृत्तान्त सुनाए । यो सुनेर ऋषि बताउनु भयो – निश्चित नै तिमीले मेरा सम्मुख सत्य वचन भनेका छौ । यसैले तिम्रो उद्धारका लागि म एक व्रत बताउँछु ।
आषाढकृष्णपक्षे त्वं योगिनीव्रतमाचर । अस्य व्रतस्य पुण्येन कुष्ठात् त्वं मुच्यते ध्रुवम् ।।३१।।
आषाढकृष्ण पक्षको योगिनी नामक एकादशीको विधिपूर्वक व्रत गर, सम्पूर्ण पाप नष्ट हुन्छन् ।
यो सुनेर हेम मालीले अत्यन्त प्रसन्न भएर मुनिलाई साष्टाङ्ग प्रणाम गरे । हेम मालीले मुनिको कथनानुसार विधिपूर्वक योगिनी एकादशीको व्रत बसे । यस व्रतका प्रभावले आफ्नो पुरानो स्वरूप प्राप्त भयो । पत्नी पनि उही रूपमा प्राप्त गरी पुुनः आनन्दपूर्वक जीवन यापन गर्न लागे ।
व्रतफल

यसरी सारा पापलाई नष्टगरी यो लोकमा भुक्तिका साथै परलोमा पनि मुक्ति प्रदान गर्ने एकादशीको नाम योगिनी हो । संसाररूपी दुःखबाट पार लगाई महापाप पनि नष्टगर्ने योगिनी एकादशीको व्रतफल बताइएको छ ।
अष्टाशीति सहस्राणि द्विजान् भोजयते तु यः ।

तत् फलं समवाप्नोति योगिनीव्रतकृन्नरः ।।३५।। (भविष्योत्तरपुराण, श्रीकृष्णयुधिष्ठिरसंवाद)
अर्थात् योगिनी एकादशीको व्रत धारणले ८८ हजार ब्राह्मणहरूलाई भोजन गराए बरावरको फल प्रापत हुने गर्दछ । व्रतको प्रभावले सम्पूर्ण पाप नष्ट भई स्वर्गको आनन्दभोग पनि प्राप्त हुने गर्दछ ।
व्रतविधान
व्रत रहनु पवित्रताको वरण गर्नु हो । व्रत जो कोही व्यक्तिले पनि लिन सकिन्छ । व्रतमा सत्यवचन, अहिंसा, परोपकार एवं भगवत्सेवा भने अनिवार्य रहने गर्दछ । समदर्शी हुनु पनि व्रती रहनु नै हो । मनलाई पवित्र बनाई गरिएको व्रत पूर्णतः फलदायी रहन्छ ।

व्रतरहनुभन्दा अघिल्लो दिनदेखि पवित्र वस्नु पर्दछ । एकादशीका दिन प्रातः शौचस्नानदि कार्य गरी पूजा सामग्री सम्पादनपश्चात् व्रतको सङ्कलप गर्नुपर्दछ । सो पश्चात् दीप, कलश गणेशजीका साथै लक्ष्मीनारायण भगवान्को षोडशोपचारले पूजा गर्नुपर्दछ ।
भगवान्को नामसंकीर्तनका एवं सन्ध्यामा आरतीका साथै रातमा जाग्रम वस्नु पनि उत्तम मानिएको छ । यसैगरी द्वादशीका दिन प्रातः स्नान गरी संकल्पपूर्वक पूर्णपात्र दानका साथै ब्रह्मणभोजन गराई आफूले पनि भोजन गर्नुपर्दछ । यसरी गरिएको एकादशीव्र पूर्णतः फलदायी रहन्छ भनी एकादशी माहात्म्यमा बताइएको छ । यसैगरी एकादशीको व्तकथा श्रवण गर्नाले वा गराउनाले पनि पुण्य प्राप्त हुने कुरा एकादशी माहात्म्यमा बताइएको छ ।