आजको राशिफल २०७८ आषाढ १९ गते, शनिवार

आजको राशिफल २०७८ आषाढ १९ गते, शनिवार

-नारायणप्रसाद निरौला-

मेष राशिः मिष्ठान्न् लाभ हुनेछ । प्रिय लाभका साथै मन धार्मिकार्यमा प्रवृत्त हुने देखिन्छ । अध्ययन अध्यापनमा पनि सफलता मिल्ने देखिन्छ ।

वृष राशिः ग्रह बल आज कमजोर देखिन्छ । कार्यमा अवरोधका साथै सवास्थ्यमा पनि प्रतिकूलताको सामना गनुृपर्ने देखिन्छ ।

मिथुन राशिः प्राज्ञिक कार्यमा मन जानेछ । प्रेम जीवन पनि सुखद् रहनेछ । आर्थिक उन्नतिका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।

कर्कट राशिः वित्तीय लाभ हुनेछ । कार्य व्यवसायमा वृद्धि हुनुकासाथै सुखद् यात्राका योग पनि रहेका छन् । स्वास्थ्यको क्षेत्र पनि सबल रहने देखिन्छ ।

सिंह राशिः मित्र सुख मिल्नेछ । अध्ययन अध्यापनको क्षेत्र सफल देखिन्छ । भौतिक वस्तु लाभदायी रहनुका साथै सुखद् यात्राका योग देखिन्छन् ।

कन्या राशिः चन्द्रबल कमजोर देखिन्छ । आर्थिक अस्थिरताका साथै कार्यमा पनि व्यवधनको सामना गर्नुपर्ने आजको राशिफल रहेको छ ।

तुला राशिः व्यवसायमा वृद्धि हुनेछ । बौद्धिक कार्यमा रुचि जाग्नुका मनमा प्रसन्नता रहने देखिन्छ । प्रेम जीवन सुखद् रहने देखिन्छ ।

वृश्चिक राशिः आर्थिक उन्नति हुनेछ । आय आर्जनमा वृद्धि हुनुका कार्य व्यवसायमा पनि सफलता मिल्नेछ । प्रेम जीवन सुखद् रहने देखिन्छ ।

धनु राशिः सांगीतिक क्षेत्रमा मन प्रवृत्त हुनेछ । आय आर्जनमा वृद्धिका साथै व्यवसायिक सफलता मिल्ने देखिन्छ । कला साहित्यका क्षेत्रमा पनि विशेष लगाव रहेने आजकोे राशिफल रहेको छ ।

मकर राशिः कार्यमा अस्थिरता रहनेछ । स्वस्थ्यमा प्रतिकूलतका साथै दिन संघर्षदायी नै रहने देखिन्छ । रात्रिकालीन समय भने सुखद् रहनेछ ।

कुम्भ राशिः आयमा वृद्धि हुनेछ । धातुजन्य वस्तु लाभदायी रहनुका साथै राजनीतिक क्षेत्र पनि सफल बन्ने देखिन्छ । प्रेम जीवन सुखद् व्यतित हुने आजको राशिफल रहेको छ ।

मीन राशिः द्रव्य लाभ हुनेछ । धार्मिक कार्यमा रुचि जाग्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । वित्तीय क्षेत्र सुखद् रहने देखिन्छ ।