

काठमाडौं, १५ असार । सहीद स्मारक ‘ए’ डिभिजन लिग २०७८ असोज ३ गतेबाट शुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फा र ‘ए’ डिभिजन लिग खेल्ने क्लबका प्रतिनिधिहरुको हिजो बसेको संयुक्त बैठकले आगामी असोज तीन गते देखि ‘ए’ डिभिजन लिग शुरु गर्ने निर्णय गरेको हो ।
कोरोना महामारीका कारण गत वर्ष लिग हुन सकेको थिएन । तर, कोरोना महामारी साम्य भएपछि ‘बी’ र ‘सी’ डिभिजन लिग भने आयोजना भएको थियो । बैठकले लिग खेल्ने क्लबहरुका लागि खेलाडि दर्ता खुल्ला गर्ने निर्णय पनि गरेको छ । क्लबहरुले साउन १५ देखि खेलाडी दर्ता शुरु गर्ने छन् ।