नेपाली क्रिकेट टिम अाज साँझ स्वदेश अाइपुग्ने

नेपाली क्रिकेट टिम अाज साँझ स्वदेश अाइपुग्ने

काठमाडौ ५ चैत । एकदिवशीय मान्यता पाएको नेपाली क्रिकेट टिम अाज साेमबार साँझ काठमाडौ ओर्लनेछ । सन् २०२२ सम्मका लागि एकदिवशीय मान्यता पाएको नेपालले अाज साझ ५ बजेर ५५ मिनेटमा फ्लाई दुबईबाट काठमाडौं अाइपुग्नेछ ।नेपाली टोलीका व्यवस्थापक समेत रहेका टेक्निकल एनालिस्ट रमन शिवाकोटीका अनुसार आइतबार साँझ ७ बजे जिम्बावे छोडेको नेपाली टोली सोमबार साँझ ५ः५५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अाइपुग्ने भएको छ।

विश्वकप छनाेटमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएपछि आठौं स्थानमा रहे पनि आफनो मुख्य लक्ष्य भने हासिल गर्न सफल भएकाे थियाे । नेपाली क्रिकेटको इतिहासमा अहिलेसम्म कै ठूलो सफलता हात पारेको नेपाली टिमको स्वागतमा विमानस्थलमा समर्थकको भीड लाग्ने अपेक्षा गरिएको छ ।

अर्को वर्ष हुने विश्व कपका लागि छनोट हुन असफल भएपछि नेपाल सातौं स्थानको प्ले अफमा पपुवा न्युगिनीलाई ६ विकेटले हराउँदै र अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई पराजित गरेपछि नेपालले एक दिवसिय मान्यता पाउन सफल भएको थियो ।