पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री विष्टको निधन

पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री विष्टको निधन

काठमाडौं, ६ असार । नेपाली काँग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको उपचारको क्रममा निधन भएको छ । उहाँको गएराति ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।

कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि बिष्टको गत जेठ १६ गतेदेखि कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेकोमा सुधार नआएपछि थप उपचारका लागि गत जेठ २६ गते हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो । काँग्रेस सुर्खेतका पूर्व सभापतिसमेत रहेका बिष्ट तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारमा राज्यमन्त्री बन्नुभएको थियो ।