कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाको पहिलो जित

कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाको पहिलो जित

एजेन्सी । लियोनल मेस्सी नेतृत्वको अर्जेन्टिनाले ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा पहिलो जित निकालेको छ ।

पहिलो खेलमा चिलेसँग १–१ को बराबरीमा रोकिएको अर्जेन्टिनाले आज बिहान भएको खेलमा बलियो टिम उरुग्वेलाई पराजित गरेको हो । अर्जेन्टिनाको जितमा १३ औँ मिनेटमा गुइडो रोड्रिग्वेजले गरेको गोल नै निर्णायक बन्यो । यसअघि नेपाली समय अनुसार आज बिहानै भएको खेलमा चिलेले बोलिाभियामाथि १–० कै जित दर्ता गरेको थियो । पहिलो खेलमा चिले र अर्जेन्टिनाले १–१ को बराबरी खेलेका थिए ।