

एजेन्सी । १६ औँ संस्करणको युरोकप फुटबलमा आज पनि बिभिन्न तीन खेलहरू हुँदैछन् ।
युरोकपको समूह चरण अन्तर्गत आज हुने पहिलो खेलमा फ्रान्स र हंगेरीबीच साँझ ६ः४५ बजे खेल सुरु हुनेछ । दोस्रो खेलमा साविक विजेता पोर्चुगल र जर्मनी भिड्ने छन् । दुई टिमबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । आजको तेस्रो खेल स्पेन र पोल्याण्डबीच हुनेछ । स्पेन र पोल्याण्डबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।