

-नारायणप्रसाद निरौला-
मेष राशिः ग्रहबल आज कमजोर देखिन्छ । कार्यक्षेत्रका कठिनाइका साथै प्रतिकूल स्वास्थ्यको सामना गर्नूपर्ने देखिन्छ । विशेष निर्णयका कार्यम अग्रसर नरहनु नै उचित हुनेछ ।
वृष राशिः बौद्धिक कार्यम रुचि रहनेछ । कार्य लाभका साथै व्यवसायमा सफलता मिल्नेछ । जलीय वस्तबाट लाभ रहनेछ ।
मिथुन राशिः मनोरञ्जनमा रुचि रहनेछ । वृत्ति लाभका साथै अध्ययन अध्यापनमा सफलता मिल्नेछ । प्रशासनिक क्षेत्र सबल रहनेछ ।
कर्कट राशिः वृत्तिलाभ हुनेछ । कार्यक्षेत्रमा उन्नतिका साथै खेलको क्षेत्र आकर्षक रहनेछ । मित्र पक्षबाट लाभ रहने देखिन्छ ।
सिंह राशिः अर्थिक क्षेत्र अस्थिर रहनसक्नेछ । शारीरिक आलश्यताका साथै कार्यप्रभावकारितामा पनि कमी रहनेछ । स्वाथ्यको क्षेत्र मध्यम रहनेछ ।
कन्या राशिः प्रिय लाभ हुनेछ । भौतिक वस्तुबाट उन्नतिका साथै सुखद् यात्राका योग देखिन्छन् । प्रेम जीवन सुखद् रहनेछ ।
तुला राशिः खेलको क्षेत्र रुचिकर रहनेछ । मित्र सुखका साथै आर्थिक उन्नतिका योग देखिन्छन् । विद्याको क्षेत्र पनि सबल नै रहने देखिन्छ ।
वृश्चिक राशिः विद्याको क्षेत्र उन्नत रहनेछ । गृह सुखका साथै यात्राका योग पनि देखिन्छन् । प्रेममा पारख बढ्ने आजको राशिफल रहेको छ ।
धनु राशिः दिन कार्यदायी रहनसक्नेछ । शत्रु भयका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ । आहार विहारमा सजग रहनु उचित हुनेछ ।
मकर राशिः वृत्ति लाभ हुनेछ । पारिवारिक सुखका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ । पशु चौपायको व्यवसय उन्नत रहनेछ ।
कुम्भ राशिः सृजनात्मक कार्यमा रुचि रहनेछ । मित्र सुखका साथै यात्राका योग पनि देखिन्छन् । जलीय वस्तु विशेष लाभदायी रहनेछन् ।
मीन राशिः रचनात्मक कार्यमा मन प्रवृत्त रहनेछ । वृत्ति लाभका साथै आर्थिक पक्ष उन्नत रहनेछ । मित्र जनबाट लाभ रहनेछ ।