आज आइतवार, पञ्चाङ्गसहित आजको दिन २०७८ ज्येष्ठ ३० गते

आज आइतवार, पञ्चाङ्गसहित आजको दिन २०७८ ज्येष्ठ ३० गते

-नारायणप्रसाद निरौला-

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७८ साल ज्येष्ठ महिनाको ३० गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत जुन महिनाका १३ तारिख, आइतवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२२ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२२औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४३, तथा नेपाल संवत् ११४१ अन्तर्गत राक्षस नामको संवत्सर चलिरहेको छ ।

सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत ज्येष्ठ शुक्लपक्षको तृतीया तिथि बेलुका ७।२८ बजेसम्म रहनेछ । यो महिनाका देवता त्रिविक्रम र मासदेवी पद्माक्षी हुन् । सूर्य वृष राशिमा र बृहस्पति कुम्भ राशिमा रहेका छन् । पुनर्वसु नक्षत्र बेलुका ५।३४ बजेसम्म रहनेछन् । यसैगरी आज वृद्धि योग र तैतिल करण रहेका छन् । आज सूर्योदय बिहान ५।९ मा छ भने सूर्यास्त बेलुका ६।५९ बजे हुनेछ । चन्द्रमा आज मिथुन राशिमा छन् ।

आज आइतवार सूर्य भगवान्को उपासनाका साथै राता वस्तुको प्रयोग शुभ फलदायी रहनेछ ।