

काठमाडौं, २७ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३,७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानाकारीअनुसार संक्रमणका कारण ५९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५,२९३ जना संक्रमणमुक्त भएका छन् ।
संक्रमित हुनेको कुल संख्या ६ लाख १ हजार ६८७ र एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको संख्या १७ हजार ७१४ पुगेको छ भने निको हुनेको कुल संख्या ५ लाख १५ हजार ५९१ पुगेको छ । यस्तै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार २३८ पुगेको छ ।