राष्ट्रिय सभाध्यक्षसमक्ष दृगनारायण पाण्डेयले लिए शपथ

राष्ट्रिय सभाध्यक्षसमक्ष दृगनारायण पाण्डेयले लिए शपथ

काठमाडौँ, २६ जेठ । राष्ट्रियसभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेयलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा आज आयोजित समारोहमा अध्यक्षसमक्ष नवनिर्वाचित सदस्यले शपथ लिनुएको हो ।

राष्ट्रिय सभा सदस्यमा नवनिर्वाचित दृगनाराण पाण्डे । तस्बिर: रोशन सापकोटा/रासस

त्यस अवसरमा अध्यक्ष तिमिल्सिनाले उहाँलाई बधाई दिँदै राष्ट्रियसभा सदस्यको पहिचान खुल्ने प्रतीकचिह्न प्रदान गर्नुभयो । लुम्बिनी प्रदेशमा यही जेठ १७ गते सम्पन्न अन्य समूहतर्फको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली काङ्ग्रेसका तर्फबाट उहाँ निर्वाचित हुनुभएको थियो ।

राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहाल, राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारी, सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमलगायतले नवनिर्वाचित सदस्य पाण्डेयलाई बधाई ज्ञापन गर्दै कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो ।