प्रदेश २ को संसद बैठक विपक्षी दलद्वारा अवरुद्ध

प्रदेश २ को संसद बैठक विपक्षी दलद्वारा अवरुद्ध

काठमाडौँ, २५ जेठ ।प्रदेशसभा सदस्यहरुसँग समन्वय नगरी स्थानीय तहमा सशर्त अनुदानको बजेट पठाइएको भन्दै विपक्षी दलहरुले प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् ।

मंगलबार प्रदेशसभा बैठक बस्नेबितिकै विपक्षी दलका प्रदेशसभा सदस्यहरुले सशर्त अनुदान स्थानीय पालिकाहरुमा समन्वय नगरी पठाइएको भन्दै बैठक अवरुद्ध गरेका हुन् । यस बिषयमा मुख्यमन्त्रीले जवाफ दिनुपर्ने माग उनीहरुले राखेका छन् । मनोमानी तरिकाले सशर्त अनुदानको योजना छनौट गरेको भन्दै नसच्याएसम्म बैठक अवरुद्व गरिरहने बिपक्षी सांसदहरुले बताएका छन् । विरोधपछि सभामुख सरोजकुमार यादवले प्रदेशसभा बैठक स्थगित गर्नुभएको हो ।