

-नारायणप्रसाद निरौला-
श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७८ साल ज्येष्ठ महिनाको २५ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत जुन महिनाका ८ तारिख, मंगलवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२२ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२२औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४३, तथा नेपाल संवत् ११४१ अन्तर्गत राक्षस नामको संवत्सर चलिरहेको छ ।
सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत ज्येष्ठ कृष्णपक्षको त्रयोदशी तिथि बिहान ११।४० बजेसम्म रहनेछ । यो महिनाका देवता त्रिविक्रम र मासदेवी पद्माक्षी हुन् । सूर्य वृष राशिमा र बृहस्पति कुम्भ राशिमा रहेका छन् । भरणी नक्षत्र बिहान ६।२८बजेसम्म रहनेछन् । यसैगरी आज अतिगण्ड योग र भद्रा करण रहेका छन् । आज सूर्योदय बिहान ५।१० मा छ भने सूर्यास्त बेलुका ६।५७ बजे हुनेछ । चन्द्रमा आज मेष राशिमा छन् ।
आज मंगलवार गणेशजीको उपासनाका साथै हनुमानजीको दर्शन पनि शुभ फलदायी रहनेछ । आज गणेशजीलाई दुवो एवं लड्डुको अर्पण मंगलदायी मानिन्छ ।