

काठमाडौँ- राष्ट्रियसभाकी नवनिर्वाचित उपाध्यक्ष शशिकला दाहालले पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ ।
अाज निर्वाचित हुनुभएकी दाहालले राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाबाट पद तथा गोपनीयताको शपथ लिनुभएकाे हाे ।
वाम गठबन्धबाट उम्मेदवार बनेकी दाहालले कांग्रेसकी विन्दादेवी आलेलाई पराजित गर्दै उपाध्यक्ष बन्नुभएकाे हाे । ५९ सदस्यीय राष्ट्रियसभामा दाहालको पक्षमा ४५ र विपक्षमा ११ मत परेको थियो।