फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, चार लिटर पेट्रोलको मूल्य ५०० ( अरु कति कति भयो ?)

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, चार लिटर पेट्रोलको मूल्य ५०० ( अरु कति कति भयो ?)

काठमाडौँ, २२ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोल, डिजल, मेट्टीतेल र हवाइ इन्धन (आन्तरिक उडानतर्फ) प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएको हो।

समायोजित मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १२५ रुपैयाँ पुगेको छ। डिजेल र मट्टीतेल प्रतिलिटर १०८ र आन्तरिक उडानतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुगको छ।

मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा पाँच रुपैयाँ ३२ पैसा, डिजलमा तीन रुपैयाँ १७ पैसा, खाना पकाउने एलपी ग्यासमा २५८ रुपैयाँ ४६ पैसा घाटा हुने बताइएको छ।