आजको राशिफल २०७८ ज्येष्ठ २२ गते, शनिवार

आजको राशिफल २०७८ ज्येष्ठ २२ गते, शनिवार

-उपप्राध्यापक नारायणप्रसाद निरौला-
ज्योतिषाचार्य

मेष राशिः कार्यमा व्यवधाको सामना गर्नुपर्ने छ । आर्थिक अस्थिरताका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ । व्यवसाय मध्यम फलदायी रहनेछ ।

वृष राशिः गृह सुख मिल्नेछ । प्रेमाम पारख बढ्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । अध्ययन अध्यापनमा पनि सफलता मिल्ने देखिन्छ ।

मिथुन राशिः कला मनोरञ्जनमा आज विशेष अभिरुचि रहनेछ । भौतिक वसतुबाट लाभका साथै वाणिज्य क्षेत्र सफल रहने देखिन्छ । बोलीमा ओज रहनाले कार्यमा उन्नति हुने देखिन्छ ।

कर्कट राशिः भौतिक वस्तुबाट लाभ रहनेछ । व्यवसायमा सफलता मिल्नुका साथै नयाँ कार्य प्राप्तिका योग पनि देखिन्छन् । पारिवारिक सुख प्राप्त हुने आजको राशिफल रहेको छ ।

सिंह राशिः शत्रु पक्ष सबल रहनेछन् । कार्यक्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ । आर्थिक क्षेत्र मध्यम फलदायी रहने आजको राशिफल रहेको छ ।

कन्या राशिः आय आर्जनका अवसर मिल्नेछन् । प्राविधकि कार्यमा अभिरुचि रहनुका साथै व्यवसाय पनि सफल रहने देखिन्छ । धार्मिक कार्यमा लगाव रहने आजको राशिफल रहेको छ ।

तुला राशिः व्यवसायिक उन्नति हुनेछ । भौतिक वस्तु लाभदायी रहनुका साथै अध्ययन अध्यापनमा पनि सफलता मिल्ने देखिन्छ । पारिवारिक साथ सहयोगले दिन प्रेमिल बन्ने देखिन्छ ।

वृश्चिक राशिः मनमा प्रसन्नता रहनेछ । आय आर्जनमा वृद्धि हुनुका साथै भौतिक वसतुबाट विशेष लाभ रहने देखिन्छ । सकारात्मक कार्यमा मन प्रवृत्ति हुने आजको राशिफल रहेको छ ।

धनु राशिः शत्रुपक्ष सबल रहनेछन्, कार्य व्यववधाका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ । शारीरिक आलश्यताले दिन संघर्षदायी बनाउने देखिन्छ ।

मकर राशिः व्यवसायमा वृद्धि हुनेछ । मित्र बल अधिक रहनुका साथै कार्यमा सफलता प्राप्त हुने देखिन्छ । कला मनोरञ्जनमा आकर्षण रहने आजको राशिफल रहेको छ ।

कुम्भ राशिः आर्थिक लाभ हुनेछ । मित्रजनको साथ सहयोग मिल्नुका साथै नयाँ कार्य प्राप्तिका योग पनि देखिन्छ । आयमा वृद्धि हुने आजको राशिफल रहेको छ ।

मीन राशिः मिष्ठान्न प्राप्तिका योग देखिन्छन् । कार्य व्यवसायमा सफलता मिल्नुका साथै नयाँ कार्यमा मन प्रवृत्त हुनेछ । समग्रमा आजको दिन सुखद् रूपमा व्यतित हुने देखिन्छ ।