यी हुन् कान्छी सांसद, दैलेखकी पार्वती

यी हुन् कान्छी सांसद,  दैलेखकी पार्वती

दैलेख, ४ चैत  – प्रतिनिधिसभाकी सांसद पार्वती बिशुन्के देशभरकै सबै सदभन्दा कम उमेरकी सांसद बनेकी  छन् । नेकपा एमालेका तर्फबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनेकी बिशुन्केको नागरिकतामा जन्ममिति २०४३ साल असोज १८ गते रहेको छ ।

संसद सचिवालयको अभिलेखअनुसार संघीय र प्रदेशसभाका सदस्यमध्ये बिशुन्के सबैभन्दा कम उमेरको सांसद बनेकी हुन् । उनी दैलेखको नारायण नगरपालिका १ निवासी हुन् । आजको नेपाल समाचारपत्रमा खबर छ  ।