

काठमाडौं, २१ जेठ । सर्वोच्च अदालतको पूर्ण बैठक आजका लागि बोलाइएको छ । पूर्ण बैठकमा संवैधानिक इजलास गठनसम्बन्धी नियमावली संशोधनको विषय पनि छलफल हुने बताइएको छ ।
संवैधानिक इजलास गठनमा विवाद भएपछि हालै वरिष्ठतम न्यायाधीश रहनेगरि नियमावली संशोधनमा सहमति भएको थियो । उक्त सहमति अनुसार नियमावली संशोधनको प्रक्रिया पूर्ण बैठकबाट अघि बढ्ने जनाइएको छ ।