नेपालमा कोरोनाको नयाँ भेरियन्ट फेला नपरेको विश्व स्वास्थ्य संगठनको प्रस्टीकरण

नेपालमा कोरोनाको नयाँ भेरियन्ट फेला नपरेको विश्व स्वास्थ्य संगठनको प्रस्टीकरण

काठमाडौं, २० जेठ । नेपालमा कोरोनाको नयाँ भेरियन्ट फेला परेको भन्दै बेलायती सञ्चारमाध्यमहरुले प्रकाशन गरेको समाचारको विश्व स्वास्थ्य संगठनले खण्डन गरेको छ ।

विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयले नेपालमा कोरोनाको छुट्टै नयाँ भेरियन्ट देखापरेको विषयमा आफूलाई जानकारी नभएको बताएको हो ।नेपालमा हालसम्म भारतका दुई र बेलायतका एक गरी तीन भेरियन्ट देखिएको डब्लूएचओले जनाएको छ । तीमध्ये अहिले नेपालमा डेल्टा मात्र सक्रिय छ।

नेपालको स्वास्थ्य मन्त्रालयले पनि आफूहरुलाई कोरोनाको नयाँ भेरियन्टबारे थाहा नभएको र समाचारमा आएको विषय आधिकारिक हो कि होइन भन्नेबारे अनुसन्धान भइरहेको बताएको छ।