आजको राशिफल २०७८ ज्येष्ठ २० गते, बिहीवार

आजको राशिफल २०७८ ज्येष्ठ २० गते, बिहीवार

-उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य-

मेष राशिः पारिवारिक सुख मिल्नेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । प्रेम जीवन आज सुखद् रहनेछ ।

वृष राशिः व्यवसायमा सफलता मिल्नेछ । भौतिक वस्तुबाट लाभ रहनुका साथै कला साहित्यका क्षेत्रमा विशेष लगाव रहने देखिन्छ ।

मिथुन राशिः वाक् कलामा वृद्धि हुनेछ । मिष्ठान्न प्राप्तिका साथै कार्य व्यवसायमा पनि सफलता मिल्ने देखिन्छ ।

कर्कट राशिः दिन कार्यदायी रहनेछ । आर्थिक अस्थिरतका साथै प्रतिकूल स्वास्थ्यको समेत सामना गर्नुपर्ने देखिन्छ । आहार विहारमा सजग रहनु नै उचित हुनेछ ।

सिंह राशिः प्रिय लाभ हुनेछ । बोलीमा ओज रहनुका साथै कार्य क्षेत्रमा पनि उन्नति हुने योग देखिन्छ । विद्याको क्षेत्र पनि आज सबल नै रहनेछ ।

कन्या राशिः आयमा वृद्धि हुनेछ । कार्य क्षेत्रमा प्रभावकारिता रहनुका साथै जलीय वस्तु लाभदायी रहनेछन् । प्रेम जीवन सुखद् रहने देखिन्छ ।

तुला राशिः धार्मिक कार्यमा रुचि जाग्नेछ । मित्र सुख मिल्नुका साथै सुखद् यात्राकायोग पनि देखिन्छन् । आर्थिक पक्ष पनि सबबल नै रहनेछ ।

वृश्चिक राशिः चन्द्रमा आज प्रतिकूल रहनेछन् । स्वास्थ्यमा अस्थिरताका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ । विद्याको क्षेत्र मध्यम फलदायी रहनेछ ।

धनु राशिः व्यवसायमा वृद्धि हुनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नुका साथै प्राज्ञिक कार्यमा संलग्न रहने आजको राशिफल रहेको छ ।
मकर राशिः द्रव्य लाभ हुनेछ । नयाँँ कार्यमा मन प्रवृत्त रहुका साथै दिन सुखद् रूपमा व्यतित हुने देखिन्छ । खेलको क्षेत्र पनि सफल नै रहनेछ ।

कुम्भ राशिः विद्याको क्षेत्र आज सबल रहनेछ । धातुजन्य वस्तु लाभदायी रहनुका साथै मनोरञ्जनमा विशेष रुचि रहने देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ ।

मीन राशिः दिन कार्यदायी रहनसक्नेछ । व्यवसायमा संघर्षका साथै दिन कार्यदायी रहने देखिन्छ । विद्या एवं प्रेमका क्षेत्र आज मध्यम फलदायी रहनेछन् ।