राष्ट्रिय सभा उपनिर्वाचनः कांग्रेसका दृगनारायण पाण्डे विजयी

राष्ट्रिय सभा उपनिर्वाचनः कांग्रेसका दृगनारायण पाण्डे विजयी

काठमाडौं, १७ जेठ । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार दृगनारायण पाण्डे विजयी हुनुभएको छ । दाङमा सोमबार भएको प्रतिद्वन्द्वीलाई ५ सय २८ मतभारले पछि पार्दै पाण्डे विजयी हुनुभएको हो ।

पाण्डेले ४ हजार १ सय ४० मत प्राप्त गर्नुभयो भने एमालेका उम्मेद्वार चन्द्रबहादुर खड्काले ३ हजार ६ सय १२ मत प्राप्त गर्नुभयो । पाण्डेलाई कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र उपेन्द्र यादव पक्षीय जनता समाजवादी पार्टी पार्टीको समर्थन थियो ।

बिजयी भएपछि पाण्डले आफुलाई सहयोग गर्ने सवैलाई धन्यवाद दिनुभयो । उहाले अहिले राष्ट्रिय एकताको जीत भएको भन्दै संघीयता, राष्ट्रियता लगाएतको बिषयलाई प्राथमिकताका साथ उठाउने धारणा राख्नुभयो । निर्वाचनमा प्रदेशसभाका ८३ सदस्यहरु नै मतदानमा सहभागी भएका थिए । स्थानीय तहका २ सय १४ मतदाता सहभागी भएका थिए ।