अनिन्द्यमपि निन्द्यन्ति, स्तुवन्त्यस्तुत्यमुच्चकैः ।
स्वापतेयकृते मत्र्याः किं किं नाम न कुर्वते ? –पञ्चतन्त्र
धनका निम्ति मानिस अनिन्द्यको पनि निन्दा गर्छ, प्रशंसा गर्न नालायकको पनि प्रशंसा गर्छ । मान्छेले धनका निम्ति नगर्ने काम नै के छ र ?
धनले मान्छेको सत् चित्तमा तुवाँलो लगाइदिन्छ भनिएको छ । धन पनि एउटा अन्धकारको पट्टी नै हो । जसको वशमा परेपछि मान्छे अन्धो हुन्छ र आफ्ना पूजनीय व्यक्तिको पनि निन्दा गर्न पुग्दछ । यसैगरी धनका अगाडि राम्रो नराम्रोमको भेद पनि रहँदैन । नराम्रै भए पनि राम्रोको प्रशंसा गराउने पनि धन नै हो । यो संसरमा धनको बशमा परेर मान्छेले जे पनि गर्न सक्छ भन्ने नीति वचन मननीय छ ।
–नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् ।