पूर्व मन्त्री बस्नेतद्वारा सिन्धुभ्याली आईसोलेसनकाे उद्घाटन

पूर्व मन्त्री बस्नेतद्वारा सिन्धुभ्याली आईसोलेसनकाे उद्घाटन

-रामचन्द्र दुलाल-

सिन्धुपाल्चाेक । ‘पहिला जनता बचाउँ राजनीति पछि गरौंला’ भन्ने मुल मर्मलाई आत्मसात् गर्दै नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतबाट सिन्धुभ्याली आईसोलेसनकाे उद्घाटन भएकाे छ ।

वसन्त गुरुङ, कृष्णकुमार तामाङ(समीर), दिपक आलेमगर, रामचन्द्र दुलाल, दिपक दुलाल लगायत अन्य युवा तरुणहरुको पहलमा सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं २ मा पर्ने मेलम्ची नगरपालिकाका १,२,३,४ र ५ वडाहरुलाई लक्षित गरि सिन्धुभ्याली आईसोलेसन निर्माण भएकाे हाे । पूर्व मन्त्री बस्नेतबाट ५ थान अक्सिजन सिलिन्डर, ५ थान हस्पिटल बेड लगायत स्वास्थ्य सामाग्री हस्तान्तरण गरि कोभिड आईसोलेसन केन्द्र उद्घाटन भएको छ ।

उक्त आईसोलेसन संचालन गर्न मेलम्ची नगर वडा नं ३ का वडा अध्यक्ष वसन्त गुरुङको संयोजकत्वमा २१ सदस्यीय संचालक समिति गठन गरिएको छ । उक्त आईसोलेसन व्यवस्थापन समितिले सम्पुर्ण सहयोगी हातहरुलाई सहयोग गर्नको लागि अपिल गरेको छ ।

आईसोलेसनका मापदण्डलाई ख्यालमा राखी आवश्यक सम्पुर्ण सुबिधा सहित सिन्धु भ्याली आईसोलेसन मेलम्ची नगरपालिकाको थकनीमा रहेको श्री कृष्ण मा विमा राख्ने गृहकार्य भईरहेको र सम्भवत आज बाटै संचालनमा आउने कुरा आईसोलेसन संचालन तथा व्यवस्थापन समिती संयोजक वसन्त गुरुङले बताउनु भएको छ । त्यस्तै, सिन्धुभ्यालीका कोहि पनि बिरामी अक्सिजन र वेडको अभावमा मृत्यु वरण गर्नु नपरोस् भन्ने उद्देश्यले आईसोलेसन संचालनमा ल्याईएको आईसोलेसन संचालन समिती सदस्य कृष्ण कुमार तामाङ (समीर) ले बताउनु भएको छ ।