सन्दीपले क्यारेबियन प्रिमियर लिग ट्रीनबागोबाट खेल्ने

सन्दीपले क्यारेबियन प्रिमियर लिग ट्रीनबागोबाट खेल्ने

एजेन्सी । नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् । सन्दीपले ट्रीनबागो नाइट राइडर्सबाट सीपीएल खेल्ने भएका हुन् ।

सीपीएलले हिजो सन्दीपले नाइट राइडर्सबाट प्रतियोगिता खेल्ने जनाएको छ । सन्दीपले यस अघि तीन सिजन सीपीएल खेलिसकेका छन् । सन्दीपले गत सिजन जमैका तलावाजबाट खेलेका थिए । त्यसअघि सन्दीपले सेन्ट किट्स एण्ड नेभिस प्याट्रीओट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए । २०२१ को सीपीएल क्रिकेट अगस्ट २८ बाट सुरु हुनेछ ।