पछिल्लो २४ घण्टामा १८५ जनाको मृत्यु, थप ७४२५ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा १८५ जनाको मृत्यु, थप ७४२५ जना कोरोना संक्रमित

काठमाडौं, १० जेठ । पछिल्लो २४ घण्टामा नेपालमा थप ७४२५ जनामा कोरोनाभाइरस संक्रमित थपिएका छन् ।  त्यसैगरी १८५ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६ हजार ५३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा यस्तै ७ हजार १३५ जना निको भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट निको हुनेको दर ७६.६ प्रतिशत रहेको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ८४६ र एन्टिजेन विधिबाट ६०७ जनाको परीक्षण गर्दा ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको हो ।