उपराष्ट्रपतिमा नन्दबहादुर पुनको मात्र उम्मेदवारी: निर्विरोध निर्वाचित भएको घोषणा भोलि हुने

उपराष्ट्रपतिमा नन्दबहादुर पुनको मात्र उम्मेदवारी: निर्विरोध निर्वाचित भएको घोषणा भोलि हुने

काठमाडौं, ३ चैत । उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि निर्विरोध हुनुभएकाे छ । उपराष्ट्रपतिमा उहाँको मात्र उम्मेदवारी परेको हो । तर, निर्विरोध निर्वाचित भएको घोषणा भने भोलि मात्र हुनेछ ।

उपराष्ट्रपति पुनले राष्ट्रिय सार्वभौमिकता, अखण्डताका र संविधानको संरक्षण एव पालनाका लागि कटिबद्ध हुने बताउनुभयाे ।

अघिल्लो कार्यकालमा सबै जनता, संघसंस्था र कुटनीतिक नियोकहरुसंग सुमधुर सम्बन्ध कायम राख्न सफल भएको भन्दै उहाँले आगामी कार्यकालमा पनि नेपालको विकासको निमित्त असल सम्बन्ध कायम राख्ने बताउनुभयाे ।

पुनको प्रस्तावकमा नेकपा एमालेका नेता सुवास नेम्बाङ, भानुभक्त ढकाल, परशुराम मेघि गुरुङ्ग माओवादी नेतृ पम्फा भुुसाल, रेखा शर्मा हुनुहुन्छ भने समर्थकमा माओवादी केन्द्रका नेताहरु देव गुरुङ्ग, ओनसरी घर्ती, जयपुरी घर्ती, राम नारायण बिडारी र राजेन्द्रप्रसाद गौतम हुनुहुन्छ ।