

काठमाडौं, ९ जेठ । जनता समाजवादी पार्टी जसपाले पार्टीका नेता राजेन्द्र महत्तोलाई संसदीय दलका नेता स्वीकार नगर्ने निर्णय गरेको छ । हिजो काठमाडौंमा उपेन्द्र यादवको अध्यक्षमा बहुमत केन्द्रीय कार्यसमितिको बैठकले बिधि बिधान विपरित एकलौटी ढंगले गरिएको दलको नेता चयन मान्य नहुने निर्णय गरेका अध्यक्ष यादवले जानकारी दिनुभयो ।
संसदीय दलको बिधान नभएको र पार्टीले निर्वाचन समिति नबनेकाले अवैध तवरले दलको नेता चयन गरेको यादवले बताउनुभयो । उहाले पार्टीको बिधान उलंघन गर्ने नेताहरुलाई कारवाही गरिने जानकारी दिनुभयो । बैठकले असवैधानिक तवरले संसद बिघटन गरिएको भन्दै यसको बिरोध गरेको छ ।
त्यस्तै संसद बिघटनको बिरुद्धमा बिपक्षी ५ दलले गरेको निर्णयको स्वागत गर्ने निर्णय पनि गरिएको अध्यक्ष यादवले जानकारी दिनुभयो । उहाँले सरकारको कदमबिरुद्ध परिवर्तनकारी शक्तिसंगको सहकार्यलाई अघि बढाउने उहाँले बताउनुभयो । उहाँले शनिबार बसेको बैठक नै आधिकारीक बैठक भएको बताउनुभयो ।